नेतृत्व बहिर्गमन र पार्टी पुनर्गठनको बहस : केन्द्रीय समिति बैठकमा अघि बढेका माओवादी पाइला

काठमाडौं । जेन जी आन्दोलनपछि दलहरूमा नेतृत्व बहिर्गमन र पुनर्गठनको बहस चलिरहँदा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ ।

काठमाडौंको प्रज्ञा भवनमा २ दिनसम्म चल्ने बैठकमा विशेष महाधिवेशनबारे छलफल हुनेछ । हालको केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश हुनेछ । त्यस्तै आसन्न प्रतिनिधिसभाको चुनाव, पार्टी एकतालगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

हिजोको स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने प्रस्तावहरू तय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *