४ मन्त्रीको शपथ समारोहमा सभामुख घिमिरे पनि उपस्थित

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथमा सभामुख देवराज घिमिरे पनि पुगेका हुन्।

यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा नपुगेका सभामुख शीतल निवासमा आयोजित ४ मन्त्रीको शपथ समारोहमा पुगेका हुन्।

आज नवनियुक्त मन्त्री जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिँदै छन्। शपथ समारोह अहिले जारी छ।

समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरु सहभागी छन्। मन्त्रीहरुको शपथमा राजनीतिक दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *