आजपाकाे निर्णय- Gen-Z लाई संगठनकाे रूपमा देशव्यापी विस्तार गर्ने, विचार मिल्नेसँग एकता

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले Gen-Z सङ्गठनलाई देशव्यापी विस्तार गर्ने भएको छ । हालै बसेको केन्द्रीय कमिटीको बैठकले परिवर्तनको Gen-Z युवाहरूलाई सङ्गठित गर्नको लागि विवेश साहको नेतृत्वमा संगठनको घोषणा गरिएको प्रवक्ता चन्द भुषण साहले बताए ।

यस्तै बैठकले Gen-Z आन्दोलनमा भएको विद्यार्थीको हत्या, सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी लगायतको घटनामा निष्कर्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

विचार मिल्नेहरूसँग एकता गर्नको लागि तिलक थापा मगर,चन्द्र भुषण साह, विजय यादव, सुभाष साह र राम विष्टलाई वार्ता गर्न जिम्मेवारी दिएको छ। यस्तै, सातै प्रदेशमा भेला गर्नको लागि अध्यक्ष, इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *