निष्क्रिय पारिएका सामाजिक संजाल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको आग्रह

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर सामाजिक संजाल पूर्ववत संचालनको निर्णय गर्न आग्रह गरेका छन् ।

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेलगत्तै देउवाले ओलीलाई फोन गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

Comments

2 responses to “निष्क्रिय पारिएका सामाजिक संजाल खोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको आग्रह”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    सामाजिक संजाल खोलेर मात्रै हुदैन शेरबहादुर जी, तिम्रो भ्रष्ट पार्टी बिघटन गर्। कांग्रेस र एमाले र माओबादी पार्टी चाही बिघटन गर पहिला, यि सबै घुस्याहा र जनतालाइ सही नेतृत्व दिन नसक्ने पार्टी र नेता चाहिदैन।

  2. ksp pyl Avatar
    ksp pyl

    विदेशी कम्पनिलाई दर्ता नै नगर भनेको ? अरू दर्ता गरेकाले पनि दर्ता खारेज गरे भयो अब । देश कानून विहीन बनाउने ? दुईचारजना गुण्डाहरूले अराजकता मच्चाए भनेर लत्रिने ? त्यसैले त ओलि र अरू नेता फरक हुन् भनेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *