दाङ । तुलसीपुरका व्यापारी दुर्गा भुसालको आत्महत्या दुरुत्साहन मुद्दामा माओवादी नेतासहित ५ जना पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार भुसालले लेखेको सुसाइड नोटका आधारमा नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सह इन्चार्ज चित्रबहादुर खडका (अनुपम), तुलसीपुर उपमहानगरपालिका ५ का ४२ वर्षीया खुमा भन्ने राधिका वली, रुकुम घर भई हाल तुलसीपुर ५ बस्ने ४२ वर्षीय चन्द्रबहादुर खडका, ४० वर्षका यादव श्रेष्ठ, तुलसीपुर ६ की ४० वर्षकी नन्दा वली पक्राउ परेका छन् ।
उनीहरूलाई हिजो ७ दिनको म्याद थपिएको छ । स्रोतका अनुसार सुसाइड नोटमा ८ जनाको नाम उल्लेख गरिएकोमा ५ जना पक्राउ परे पनि ३ जना फरार रहेको प्रहरीले बताएको छ ।
कालिका अडियो सेन्टरका सञ्चालक भुसालले गत मङ्गलवार राति आफ्नै पसलमा मृत अवस्थामा भेटिएका थिए ।
मृतक भुसालले विभिन्न व्यक्तिसँग सापटी लिएर लगानी गरेको करोडौँ आर्थिक रकम समयमै असुल नभएपछि आत्महत्या गरेको भन्दै सुसाइड नोटमा लेखेका थिए ।

Leave a Reply