प्रभु साहको दाबी- आजपाले ठगीको आरोपमा निष्कासित गरेका व्यक्तिलाई ओलीले टीका लगाएर एमालेमा भित्र्याए

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष चैत्र महिनामै पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र असार महिनामा ठगी आरोपमा निष्कासित मनोज यादवलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएको दाबी गरेका छन् ।

साहसहित आजपाका दर्जन नेतालाई आज ओलीले च्यासलमै एक कार्यक्रम राखेर पार्टीमा स्वागत गरेका थिए ।

त्यसबारे उनले भनेका छन्, ‘चैत्र महिनामै आम जनता पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र असार महिना मै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतालाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टिका लगाएर ‘आजपाको दर्जनौँ ठुलो नेताहरू एमालेमा प्रवेश’ गरेको भ्रमपूर्ण एवं झुट प्रचार गरी रहेको छ ।’

प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका व्यक्तिले यस्तो सफेद झुट बोल्नु कतिको उचित हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले थपेका छन्, ‘प्रधानमन्त्रीज्यू सीमित स्वार्थको लागि जे पनि प्रचार गर्ने कार्य बन्द गर्नुस् । यस्तो भ्रमपूर्ण प्रचारले तपाईँबाट समाजले के शिक्षा लिने ? अलिकति पनि लेहाज गर्नुस् ।’

 

Comments

3 responses to “प्रभु साहको दाबी- आजपाले ठगीको आरोपमा निष्कासित गरेका व्यक्तिलाई ओलीले टीका लगाएर एमालेमा भित्र्याए”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यो झेमाले पार्टीनै अपराधी, बलात्कारी, गु्डा, ठगहरूको पार्टी हो, के आश गर्छौ त्यसको नेता बाट। बलात्कारी महेश बस्नेत जस्ताले ठाम पाउछन् त्यस पार्टीमा।

  2. ksp pyl Avatar
    ksp pyl

    विदेशीले पालेका भाडाका टट्टुहरूले सबैलाई ठग, अनैतिक देख्छन् । मालिकको आदेश बाहेक उनीहरू अरू केही देख्दैनन् । आजपाका थप नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् । राष्ट्रिय तस्करहरूले भोलि तिन लाई पनि ठग भन्छन् । एमाले सक्छु भनेर आएका, लात खाएपछि दैनिक अरू पेशा नै नगरी केवल ओलिको विरोध गर्ने विदेशीका भाडाका टट्टुहरूका दिन गए अब ।

  3. पूर्णचन्द्र भुसाल Avatar
    पूर्णचन्द्र भुसाल

    बेबकुफी । उहिल्यै कारबाही गरेकाे भए त कारबाही पत्रलाई फाइलिङ्ग गरिएकाे हुनु पर्ने ! पङ्चिङ्ग गरेकाे प्वालकाे डाेब त देखिनु पर्ने ! पार्टी छाेडेर अन्यत्र प्रवेश गरेपछि हतारहतार अघिल्लो मितिमै कारबाही गरेकाे भान पार्न विज्ञप्ति जारी गर्दा प्वाल पार्न समेत हाेस आएनछ । कठैबरा आजपा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *