संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धी विधेयक पारित भएकाे छ ।  बिहीबार बसेको बैठकले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  विधेयकमाथि असन्तुष्टी जनाएकाे छ ।

तर समय नपाएपछि  विधेयकको छलफलबाट माओवादी केन्द्रका सांसद एवम समितिका सदस्य बाहिरिएका छन् । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने समितिले जनाएको छ ।

फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने समितिका सचिव शिवदत्त बरालको भनाइ छ ।

समितिको बैठकमा माओवादी केन्दका सांसद रुपा चौधरी र रास्वका सांसद अशोककुमार चौधरीले विकेयकमा तप धारणा बनाउन समय माग गरेका थिए । तर, समितिले विधेयक पारित गर्ने भएपछि छलफलबाट माओवादी केन्द्र बाहिरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *