सर्वोच्चले गौर हत्याकाण्डमा उपेन्द्रमाथि अनुसन्धानको परमादेश गरेपछि लोकतान्त्रिक मोर्चा छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डबारे छानबिन गर्न परमादेश दिएपछि संघीय लोकतान्त्रिक मोर्चा छलफलमा जुटेको छ ।

बुधबार साँझ ५ बजे मोर्चाले बैठक आह्वान गरेको थियो । त्यसैअनुरुप हाल मोर्चाका नेताहरुले छलफल थालेका छन् ।

बैठकमा गौर हत्याकाण्डसहित रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गौर हत्याकाण्डको छानबिन गर्नको लागि अदालतले अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा तरंग ल्याएको छ । मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको मुख्य योजनाकारको रूपमा मानिन्छन् ।

यस्तै, मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । आन्तरिक विवादमा फसेपछि नाउपाले उपनिर्वाचनमा भाग लिन नै अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे पनि छलफल हुनेछ ।

बैठकमा उपसभामुखलाई हटाउन कांग्रेस–एमालेले अघि सारेको तयारीबारे पनि छलफल हुने बताइन्छ । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पु¥याउनको लागि मोर्चामा आबद्ध दलहरू नै निर्णायक छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *