नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो ।

त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *