दाङ । १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका युवकलाई दाङ जिल्ला अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको छ ।
दंगीशरण गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय डिल्ली भनिने दिलीप विकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै न्यायाधीश लालसिंह थापाको इजलासले १२ वर्ष कैद सजायसहित ५ लाख रुपैयाँ जरिवाना, ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने आदेश दिएको हो ।
अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार विकले २०८१ साल वैशाख ६ गते बालिकालाई बलात्कार गरेको अभियोग थियो ।

Leave a Reply