विराटनगर । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुषको शव भेटिएको छ ।
मृतकहरू सोही नगरपालिकाका ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीको भनाइ छ ।
बुधबार बिहान १० बजेतिर निर्माण हुँदै गरेको चन्द्रिका रौनियारको घरको सेफ्टी ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक परीक्षणका लागि डाक्टहरू बोलाइएको छ ।

Leave a Reply