काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोजको तेस्रो साताका बस्ने गरी बैठक बोलाउन प्रस्ताव गरेका हुन् । आजबाट सुरू स्थायी कमिटी बैठकमा अध्यक्षबाट दसैँ र तिहारको बीचमा बैठक बोलाउने प्रस्ताव भएको सचिव राम कार्कीले बताए ।
उनले भने, ‘आज अध्यक्षले एजेन्डामा केन्द्रित भएर समसामयिक विषमा आफ्नो धारणा राख्नुभयो । केन्द्रीय केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गर्नुभएको छ । अब भोलिबाट छलफल हुन्छ निष्कर्षमा पुगेर मिति तोकिन्छ ।’
उनले बर्खाको कारणले रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु गरेर पूर्णता दिने पनि बताए ।

Leave a Reply