समाजवादी मोर्चाको निष्कर्ष- देश अप्ठेरोमा छ, संघर्ष गर्नुपर्छ (भिडिओ)

काठमाडौं । समाजवादी मोर्चाले अहिलेसम्मको गतिविधि पर्याप्त नभएको निष्कर्ष निकालेको छ। नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाबारे गम्भीर समीक्षा भएको बताए।

मूलभूत रूपमा मोर्चा सफल रहे पनि अपेक्षित ढङ्गले गति लिन नसकेको बैठकले निष्कर्ष निकालेको सुनाए।

उनले भने, ‘मोर्चालाई अझ प्रभावकारी बनाएर डेब्लभ नगर्ने हो भने त यतिको त अर्थ छैन। यो मोर्चाको बैठकमै बहस भयो। हामीले समीक्षा गरे अघि बढ्ने निष्कर्ष निकालेका छौँ।’

बैठकले समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्ने फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको बताए।

भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जानेबारे छलफल भएको बताए। बैठकले देश अफ्ठेरो अवस्था रहेको निष्कर्षसहित सही ढङ्गले अघि नबढे देश सङ्कटमा पुग्ने बताए।

Comments

2 responses to “समाजवादी मोर्चाको निष्कर्ष- देश अप्ठेरोमा छ, संघर्ष गर्नुपर्छ (भिडिओ)”

  1. Laleek Avatar
    Laleek

    वाईयात ! देश संकटमा छ संघर्ष हुनुपर्छ ? यसको लागि त कठोर योजनाका साथ २४ घण्टा काममा लाग्ने हो, देशलाई नै अप्ठेरोमा पारि माेज गर्ने !

  2. ksp pyl Avatar
    ksp pyl

    यो मोर्चा विशुद्व प्रचण्डको पुच्छर हो ।प्रचण्डले मेरो पनि शक्ति छ भनेर देखाउने एउटा हतियार हो । यस्ता बकम्फुस्से मोर्चाको पछि लाग्नेहरू आत्मविश्वास नभएका, आत्मसम्मान बेचिएका हुन् । सरकारमा गएर लुड्याउन पाएको बेला सबैलाई लात हान्छ प्रचण्डले । जब लुटको धन्दा बन्द हुन्छ अनि उसलाई मोर्चाको याद आउँछ । अरू चाहिँ अस्तित्व गुमाएका पुच्छरहरू रहेछन् । काँग्रेससँग मिलेर खान पाए मोर्चा चाहिदैनथ्यो भनेर प्रचण्डले काँग्रेसको खुब चाकडी गर्यो । काँग्रेसले बाल मतलव नगरेपछि अहिले मोर्चा चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *