तपाईंका बालबालिकामा अटिजमजस्तो अवस्था छ ? एनआईपीसी लैजानुस्

काठमाडौं । आफ्ना बालबालिकालाई मस्तिष्क विकासका क्रममा भएको त्रुटिले गर्दा अटिज्म, अत्यन्तै चञ्चलेपनलगायत लक्षणहरु छन् र कहाँ लैजाने भन्ने अन्यौलमा हुनुहुन्छ ?

त्यसो हो भने अब तपाईंलाई सहयोग गर्न ह्वाइट हाउस एजुकेशन फाउण्डेशनको नेशनल इन्स्टिच्युट अफ साइको एजुकेशनल काउन्सेलिङ (एनआईपीसी) तयार छ ।

एनआईपीसीले फरक क्षमता भएका, बौद्धिक विचलन भएका र अटिजम जस्ता अवस्थाको सामना गरिरहेका बालबालिकालाई जीवनयापनमा सघाउँदै आएको छ ।

एनआईपीसीले ५० जना अटिजम भएका बालबालिकाहरुलाई आफ्ना विभिन्न सेवाहरु दिइरहेको छ । त्यस्तै, जो कसैको पनि बालबालिकामा त्यस किसिमका अवस्थाहरु छन् भने एनआइपीसीले विभिन्न तालिम, परामर्श र सीप सिकाएर सामान्य जीवनयापनमा सघाउने बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *