काठमाडौं । कवि खुपेन सुनुवारको कविताकृति ‘ल्याण्डस्केपमा झुण्डिएको मौनता’को विमोचन भएको छ । अनामनगरस्थित युनियन हाउसमा कवि श्रवण मुकारुङ, साहित्यकार एवं प्राध्यापक गीता त्रिपाठी र साहित्यकार तथा कोइँच भावााविद् डा. तारालाल रापाच सुनुवारले किताबको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुकारुङले कवि खुपेनलाई कविद्धय वैरागी काइँला र मोहन कोइरालासँग दाँजे । उनले भने, ‘हल्का बुद्धिविलास गर्न रुचाउने खुपेन सुनुवारका कविताहरु वैरागी काइँला र मोहन कोइरालासँग नजिक छन् । सुन्दर विम्बहरुको प्रयोगले कविताहरुलाई अझैं शशक्त बनाएको छ ।’
त्यस्तै त्रिपाठीले पनि कवि सुनुवारले महिलाप्रति देखाएको सकरात्मक सोच प्रशंसानीय रहेको बताइन् । रापाच सुनुवारले पनि खुपेनको लेखनको प्रशंसा गरे । उनले खुपेनको शिल्पकला बेजोड भएको बताए । कार्यक्रममा कवि मिथोच, रंगकर्मी इंगिहिपो कोइँच सुनुवार, जेनी सुनुवारहरुले खुपेनको कविता वाचन समेत गरेका थिए । बेलायतमा रहँदै आएका खुपेनको यो पहिलो कविता कृति हो ।

Leave a Reply