ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण भएको भनेर महासचिवले नै बोलिसक्नुभएको छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्या भण्डारीको सदस्यता नवीकरणको विषयमा विवाद नै नरहेको बताएका छन् । भण्डारीलाई कसरी कुन जिम्मेदवारी दिने भन्नेमा मात्रै छलफल हुने उनको भनाइ छ ।

आज पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले हिजोको बैठकमा भण्डारीका सदस्यता नवीकरण नभएको भनेर नबोलेको दाबी गरे ।

उनले भने, ‘अध्यक्षले त्यस्तो भन्नुभएको मलाई थाहा छैन । हिजोको बैठकमा भन्नुभएको थिएन ।’

पार्टीका प्रवक्ताले त सार्वजनिकरूपमा नै भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताउनुभयो नि ? भन्ने पत्रकारको प्रश्नमा पोखरेलले जवाफ दिए, ‘को प्रवक्ताले भन्नुभयो, उहाँलाई नै सोध्नुस् ।’

पोलिटब्युरो बैठकले गरेको निर्णयका आधारमा आज दुई नेताको वार्ता तय भएको पोखरेलले बताए ।

अब पूर्वराष्ट्रपतिले सदस्यताको लागि पनि संघर्ष गर्नुपर्ने भयो होइन ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘संघर्ष गनुपर्ने विषय नै होइन । हाम्रो पार्टीको महासचिवले अन्तर्वार्तामा आधिकारिक ढंगले नै सदस्यता नवीकरण भइसकेको भनिसक्नुभएको छ । उहाँ कसरी कुन किसिमबाट फर्किने भन्नेमा मात्रै सल्लाह हुने हो ।’

Comments

One response to “ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण भएको भनेर महासचिवले नै बोलिसक्नुभएको छ”

  1. ksp pyl Avatar
    ksp pyl

    अहिले एमालेमा रहेको नेतामध्ये पार्टी बिगार्न हिडेको नेता ईश्वर पोखरेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *