उपेन्द्रको दाबी- राजकुमार गुप्ता मधेशी भएकैले राजीनामा दिन बाध्य पारियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजकुमार गुप्ता मधेशी मूलका भएको कारणले राजीनामा दिन बाध्य पारिएको दाबी गरेका छन्।

घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । तर, उनको जस्तै भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पनि ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएको छ। तर, उनले राजीनामा दिनु नपर्ने उनको बुझाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छूट छ । सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो ।’

बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठुलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहने उनको आरोप छ।

उनले थपेका छन्, ‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ ।’

बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ओलीले राजीनामाको फरमान जारी गर्न निर्देशन दिइसक्ने दाबी गरेका छन्।

Comments

5 responses to “उपेन्द्रको दाबी- राजकुमार गुप्ता मधेशी भएकैले राजीनामा दिन बाध्य पारियो”

  1. ksp pyl Avatar
    ksp pyl

    यो भ्रष्टाचारीले अर्को भ्रष्टचारीको वकालत गर्यो । जसपाले मधेशमा सरकार चलाउदा होस वा सरकारमा हुँदा भ्रष्टाचार बाहेक केही गरेन । जसपा नै हो मधेशमा भ्रष्टाचार गर्ने र गर्न सिकाउने । त्यो बेलाको मुख्यमन्त्रिले उपेन्द्रलाई सोधेरै भ्रष्टाचार गर्थे भन्छन मधेशका जनता ।

  2. ram bhattarai Avatar
    ram bhattarai

    सरकारमा भने जस्तो भाग नपाएकोले बिपक्षमा बस्नेको रोदन मिश्रीत बरबराहट हो यो।

  3. ksp pyl Avatar
    ksp pyl

    यस्ताका उम्मेदवारलाई जिताउन एमालेका मतदाताले भोट हाल्नु नै महाभूल भयो । दिल्लीको कित्तातिर लागेको अवस्था।

  4. Nepali kanxo Avatar
    Nepali kanxo

    Upendra yadav pani patru madehsi neta ho vanne kura usko yo boli le tha hunxa.
    Yasto kura ma pani yati ghatiya socha rakhne ho??
    Aja madesh kina crimeko heavan vako xa? Tha xa??

  5. Nick Kashyap Avatar
    Nick Kashyap

    उपेन्द्र पनि दूधले धोएको मान्छे त हैनन्। बलराम अधिकारीको कुरा गर्दै गर्दा रवि लामिछानेलाइ र बालकृष्ण खाॅडलाइ जेलमा कोचेको कुरा किन नगरेको, माकुनेको मूद्दा किन नभनेको? यि सबै त तिम्रो भाषामा सगोत्रीनै हुन्। धन्न “मधेशी भएकाले जबरजस्ती घुस खुवाए” भन्न बेर लगाएनन्। समानुपातिक सांसद बनाएबापत उनिहरूबाट कति घुस लियौ उपेन्दर जी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *