प्रचण्डको आक्षेपः ओली सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले निकै नै जटिल मोडमा रहेको बताएका छन्।

श्रम र उत्पादनमा वाइसीएल अभियानको सुरु गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यही भ्रष्टाचार भइरहेको आरोप लगाए।

उनले भने, ‘देशमा अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार मात्रै छ। यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ।’

उनले सरकार यही ढङ्गले अघि बढे सडकबाट पनि प्रतिवाद गर्नुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिए। उनले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनमा जोडेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्नेमा जोड दिए।

उनले श्रम र उत्पादनसँग जोडिएर प्रतिक्रियावादी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्नको लागि वाइसीएललाई निर्देशन दिए। उनले थपे, ‘यो परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको छ। सुशासनकाविरुद्ध सरकारबाटै निकै ठुलो षड्यन्त्र भएको देखिएको छ। यसबारे जनतालाई सचेत बनाएर युवाहरूलाई सङ्गठित र परिचालित गर्न आवश्यक छ।’

Comments

One response to “प्रचण्डको आक्षेपः ओली सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    जहाँ प्रचण्ड त्याहा विदेशीको दलाली । जहाँ प्रचण्ड सरकार त्याहाँ सुन तस्करी । जहाँ प्रचण्ड सरकार त्याहा विदेशी मुद्रा अपचलन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *