काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको हो ।
गण्डकीका सांसद एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीमा उनलाई कारबाही गरिएको हो ।
केन्द्रीय अनुसन्धान आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारण पार्टीको साधारण सदस्यबाटै हटाएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । खड्कालाई एक वर्षका लागि साधारण सदस्यबाट निकालिएको ढुंगानाले बताए ।


Leave a Reply