पूर्वराजाको जन्मदिवसलाई राप्रपाले आन्दोलनकै रुपमा मनाउने, सहभागी हुन लिङदेनको सर्कुलर

काठमाडौं । प्रमुख राजावादी दल राप्रपाले यसपटक पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई विशेष रुपमा मनाउने भएको छ । यसलाई आन्दोलनको एउटा अङ्गको रुपमा मनाउन र पार्टीका सबै संयन्त्रलाई राजाको जन्मदिनमा सरिक हुन पार्टीले सर्कुलर समेत गरेको छ ।

‘राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरुको धर्म हो, सोही अनुरुप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो,’ सचिवालयका एक सदस्यले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई संगसंगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरुपको कार्ययोजना बनाइ क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरुसंगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरु लगायतका विविध विषयमा छलफल गरे ।

त्यस अवसरमा उनले विभिन्न विभागका गतिविधि र भावी योजनाबारे ब्रिफिङ्ग समेत लिएका थिए ।

बैठकमा अध्यक्ष लिङ्देनले ठूला र पुराना दलहरुप्रति जनताको विश्वास खस्कदै गएको र नयकका भनिनेहरु पनि दिशाविहीन भइरहेको अवस्थामा राप्रपा जनभावना अनुरुपको भरोसायोग्य शक्ति बन्नसक्ने दृष्टान्त प्रस्तुत गरेका थिए ।

‘राप्रपा आन्दोलनमा छ, पार्टीका हरेक गतिविधिहरु आन्दोलन केन्द्रीत हुनेछ,’ अध्यक्ष लिङ्देनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *