जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गयो

सुर्खेत । जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६ गंगटेकी ११ वर्षीया दीक्षा शाहीको सुतिरहेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको हो ।

भेरी नगरपालिकाका विपद् फोकल व्यक्ति यज्ञ गौतमका अनुसार सोमबार राति घरमै सुतिरहेकी दीक्षालाई सर्पले टोकेको थियो। समयमै उपचार नपुग्दा उनको ज्यान गएको हो ।

मृतक दीक्षा श्री भगवती माध्यमिक विद्यालय गंगाटीयामा कक्षा ६ मा अध्ययनरत छात्रा थिइन् । विद्यालयका प्रधानाध्यापक भुवन शाहीका अनुसार दीक्षा पढाइमा अब्बल र अनुशासित छात्रा थिइन् ।

सर्पदंशका घटना हरेक वर्ष वर्षायाम सुरु भएलगत्तै बढ्ने गर्छन् । तर, गाउँघरमा उपचार सेवा र जनचेतनाको अभावका कारण अझै पनि यस्ता घटनाले ज्यान लिइरहेका छन् ।

स्थानीयहरूका अनुसार घटना भएको घर पुरानै संरचनाको हो, जहाँ सर्प पस्ने सम्भावना बढि हुन्छ । ‘सर्प नियन्त्रण, प्राथमिक उपचारको तालिम र जनचेतना अझै प्रभावकारी रूपमा नपुगेकोले यस्तो दुःखद अवस्था दोहोरिन्छ,’ एक स्थानीयले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *