काठमाडौं। अन्तिम बलमा चौका हानेर नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सुपर ओभरमा पुर्याएका नन्दन यादवले आफूहरु अनलक्की हुँदा सुपर ओभरमा हार्नुपरेको बताएका छन् ।
आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका त्रिभुवन विमानस्थलमा हात ठिक नहुँदा अन्तिम बलमा छक्का हानेर नेपाललाई जिताउन नसकेको बताए ।
‘सायद छक्का गएको भए जित्थ्यौं होला । मेरो हात त्यस्तो राम्रो थिएन । अलि पावर लगाउन सकिन त्यो बलमा । नत्र छक्का हुन्थ्यो होला,’ उनले भने ।
उनले अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । उनले ४ अन्तिम ४ बलमा १२ रन प्रहार गरे । उक्त खेलमा तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्स पराजित भएको थियो ।
आफ्नो प्रदर्शनभन्दा पनि टिमलाई कसरी जिताउने भन्ने प्रेसर हुने नन्दनले सुनाए । उनले भने, ‘टिमलाई जिताउनुपर्ने प्रेसर थियो । आफ्नो प्रदर्शन कस्तो हुन्छ भन्दा पनि कसरी टिमलाई जिताउने भन्ने प्रेसरमा थिए ।’
नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

Leave a Reply