यी हुन् कोशी प्रदेश सरकारका चुनौतीहरु

विराटनगर । प्रदेश सरकारले प्रवाह गर्ने र सेवामा सुधार ल्याइ सुशासन कायम गर्न अहिलेको प्रमुख चुनौती रहेको देखिएको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेश सभामा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रादेशीक लगानीमा दिगो विकासको लक्ष्य हासिल गर्ने गरी परिचालन गर्नु पनि चुनौती रहेको बताए ।

उनले कोशी प्रदेश सभाको आजको बैठकमा पुँजीगत खर्चलाई परिणाममुखी आयोजनामा प्रवाहित गर्नु पनि कोशी प्रदेश सरकारको चुनौती रहेको बताए ।

उनले संस्थागत क्षमता र परियोजना व्यवस्थापन कमजोरीमा सुधार गर्देैपूँजीगत खर्च बढाउनु पनि कोशी प्रदेश सरकारको चुनौती रहेको बताए । उनले प्रादेशकी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गरी रोजगारी सृजना गर्न पनि प्रदेश सरकारको चुनौती रहेको बताए ।

उनका अनुसार मानव पूँजीको विकास गरी करको दायरा बढाँउद आन्तरिक राजश्व वृद्धि गर्नु पनि कोशी प्रदेश सरकारको चुनौती रहेको मन्त्री रानाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *