रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ (भिडिओ)

काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कात्तिकदेखि वैशाखसम्म अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ चोटी पत्र काटेको बताए ।

 

उनले भने, ‘९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदैछ । अख्तियारले धावा बोल्ने बेला भएपछि सबै आफ्ना कर्मचारीहरूलाई लुकाउन रातारात किन तानियो, यही उहाँको संलग्नता थिएन भने किन त्यो कर्मचारीलाई तानियो ?’

सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेका छन् भन्दै प्रश्न गरे ।

उनले यही मुद्दा उठाउँदा पार्टी सभापति रवि लामिछानेको ठाउँ सारी समेत रोकिएको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *