न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई छाड्न भन्दै प्रदर्शन गर्ने धर्मेन्द्रको पार्टीका ७ विद्यार्थी नेता पक्राउ

काठमाडौं । न्यायाधीशलाई दुर्व्यवहार गर्नेलाई छाड्न माग सहित विरोधमा उत्रिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका ७ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलीले शुक्रबार अपरान्ह माइतीघर मण्डलास्थित विस्तारित सडक खण्डमा विरोधमा उत्रिएका विद्यार्थी नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव उषाकिरण विक, संगठनका सचिव हरी विष्ट, केन्द्रीय सदस्य झलक बिक र सर्जन पाण्डे, विद्यार्थी संगठन ललितपुरका अध्यक्ष सक्षम बिक, काठमाडौं जिल्ला सदस्य सर्जन विक, अखिल क्रान्तिकारी युवा संगठनका उपाध्यक्ष प्रमोद सिंह रहेका छन् ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाप्रसाद पौडेलको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले उनीहरुलाई निन्त्रणमा लिएको हो ।

नेकपा बहुमतका केन्द्रिय सदस्य समेत रहेका उषाकिरणको नेतृत्वमा अफताब आलाम प्रकरणमा उच्च अदालत वीरगञ्ज पर्सा इललासका न्यायाधीशमाथी कालोमोसो लगाउने क्रममा गिरफ्तार गरिएका व्यक्तिलाई तत्काल रिहाईको माग गर्दै बिरोध प्रदर्शन गरेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरु ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *