काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । उनका अनुसार बैठकमा भिजिट भिसा प्रकरणबारे पनि छलफल हुनेछ ।
मोचाको कार्यविधि, आदिवासी जनजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने उनले बताए। मोर्चामा जनमत, जसपा नेपाल, लोसपालगायत मधेस केन्द्रित दलहरू सहभागी छन् ।

Leave a Reply