नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । संगठनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गरसकेको छ । अब नेतृत्व चयनको चरणमा जान्छ । सम्भवतः आजै नत्र भोलिसम्म नयाँ नेतृत्व चयन हुनेछ ।
सम्मेलन/महाधिवेशन भनेको बहस, छलफल गर्ने थलो हो । संगठनमा भएका कमी-कमजोरीलाई हटाउने, चुस्त र दुरुस्त बनाउने र निश्चित समयको लागि नयाँ कार्ययोजना बनाउने थलो हो । जसले संगठनको भावी दिशासमेत तय गर्नेछ । विडम्बना नै भन्नुपर्छ, अहिले यो कार्यमा साथीहरूको रुचि कम देखिएको छ । खास रुचि चाहिँ बहस, छलफल गर्नेभन्दा जसरी भए पनि नेतृत्वमा पुग्ने देखियो । त्यसको लागि साम, दाम, दण्ड, भेद नै प्रयोग गरेर भए पनि नेतृत्व हत्याउने प्रवृत्ति विकास भएको देखियो ।
पछिल्लो समय यस्तो रोग हरेक संगठनमा देखिएको छ । यसबाट अखिल पनि अछुतो छैन । अखिलमा पछिल्लो समय खहरे खोला जस्ता केही नेता कार्यकर्ताहरू उत्पादन भएका छन् । जसको न सांगठनिक योगदान छ, न नैतिक धरातल राम्रो छ, न त अनुशासन नै । एक खालको जमात छ, जो संगठनको काममा हत्तपत्त उपस्थित नै हुन्नन् । हुन्छन् त केबल यस्तै महाधिवेशन/सम्मेलन आदिमा । जहाँ पद लिने ठाउँ हुन्छ । त्यसपछि चर्का र क्रान्तिकारी कुरा तिनकै हुन्छ । संगठन र नेताहरूको बदख्वाइँ गरेर बस्नेहरू यतिबेला चर्का क्रान्तिकारी हुन्छन् ।
नेत्रलाल अभागीले ४० को दशकमा लेखेको कविता अहिले ठ्याक्कै मेल खान्छ । कविता यसप्रकार छ:
एक खालको जमात छ, जो संगठनको काममा हत्तपत्त उपस्थित नै हुन्नन् । हुन्छन् त केबल यस्तै महाधिवेशन/सम्मेलन आदिमा । जहाँ पद लिने ठाउँ हुन्छ । त्यसपछि चर्का र क्रान्तिकारी कुरा तिनकै हुन्छ ।
वातावरण शान्त भएको बेला,
एउटा नर्कटले पनि शिर ठाडो पार्छ,
काँतरले पनि
बहादुरीका ठूला ठूला गफ हाँक्नसक्छ;
तर
आँधी र हुरी चलेको बेला,
वातावरण अशान्त भएको बेला,
पहाडको टुप्पोमा
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
जसलाई तत्काल पद चाहिएको छ । यस्ता प्रवृत्ति भएकाले केही लोभीपापी नेताहरूलाई समेत प्रभावमा पारेका हुन्छन । मुख्य कुरा पेशा र व्यवसायमा कहीँ नभएका नेताहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छन् । नेताको कमजोरी पत्ता लगाउने र त्यसमा नै खेल्ने अराजनीतिक प्रवृत्ति मौलाएको छ ।
पेशा र व्यवसाय नहुने र नियमित आम्दानी नहुनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ । त्यही कमजोरीलाई टेक्दै अलिअलि आर्थिक सहयोग गर्ने र सहयोग गरेबापत आफूले भनेको पदको लागि बार्गेनिङ गरेर पद हत्याउने र आफूले चाहेको पद पाएपछि सो पद देखाउँदै कमाउ धन्दामा लाग्ने ! अब यस्ता प्रवृत्तिलाई खारेज नै गर्नुपर्छ ।
जसलाई तत्काल पद चाहिएको छ । यस्ता प्रवृत्ति भएकाले केही लोभीपापी नेताहरूलाई समेत प्रभावमा पारेका हुन्छन । मुख्य कुरा पेशा र व्यवसायमा कहीँ नभएका नेताहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छन् ।
केही समयअघि प्रेस चौतारी नेपालको महाधिवेशनमा यस्तै लोभीपापी नेताहरू खरिद भएको आरोप लाग्यो । ज-जसमाथि आरोप लागेको थियो, ती व्यक्तिले खण्डन नगरेपछि आरोपमा सत्यता थिएछ भन्ने बुझ्न सकिन्छ । यस्तै रोग अन्य संगठनका इन्चार्ज, जनसंगठन संयन्त्रका खटपटन गर्नेहरूमा नसरोस् भन्ने कामना हो ।
जो संगठनको तहगत कमिटी (तल्लो कमिटीदेखि माथिल्लो) पार गरेर आएको छ, उसले कमिटी प्रणाली आदिबारे जानेको/बुझेको हुन्छ । कुनै कमिटीमा कुनै पद पाएन भने हतोत्साहित हुँदैन, संगठन परित्याग गर्दैन र पद नपाउँदैमा पलायन हुने (विदेश जाने) धम्की दिँदैन ।
अखिलमा अब कस्तालाई नेता बनाउने त ?
- नैतिकवान
- इमानदार
- अनुशासित
- महिला कार्यकताहरूलाई कुदृष्टि नलगाउने
- सामूहिकतामा विश्वास गर्ने
- विद्यार्थीको समस्या बुझेको र समाधानको लागि संघर्ष गर्नसक्ने
- संकटमा भाग्ने होइन, दृढतापूर्वक उभिनसक्ने
- नियमित अध्ययन गरेको/गरिरहेको
- कमिटी प्रणाली बुझेको
- संगठनको तहगत कमिटी पार गरेको
- आर्थिक रूपमा पारदर्शी
- सकेसम्म उत्पादनसँग जोडिएको
- जनसंगठन र पार्टीको भेद छुट्ट्याउन सक्ने
अहिले नेता बन्ने हो भने पहिला नेता किन्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यो अवस्था आउनुमा कार्यकर्ता र नेता दुबै दोषी छन् । अर्गानिक चिज भन्दै नेताको घरमा विभिन्न सामान पुर्याउने, क्याफे, होटल, स्पा/मसाज सेन्टरतिर लैजाने र सो हदको चाकरी सहजै स्वीकार्ने कतिपय नेता पनि छन् ।
२० महिनासम्म बैठक नबस्दासमेत नेतृत्व मौन बस्नुको अर्थ त्यहाँ केही न केही गडबड पक्कै थियो । अझ संगठनका इञ्चार्ज र केन्द्रीय अध्यक्षसँगै हुँदा, टेबल फुट्ने गरी हान्ने र अपशब्द बोल्ने कार्यकर्तालाई कारबाहीको सट्टा उसलाई नै पुरस्कृत गर्दा अराजकताले सीमा नाघेको छ ।
यसो भएपछि चाकरीबाट टाढा रहेका कार्यकर्ताको ती अमुक नेतासँग हत्तपत्त भेट नै नहुने, भेट हुँदा पनि औपचारिकतामा मात्र सीमित हुने प्रवृत्ति छ । हो, यस्तै चाकरीवालाहरू नेता भएपछि विभिन्न तहगत कमिटी पार गरेर आएकाहरूको हालत के होला ? नेताको घर चलाउन, घरजग्गा खरिद गर्न या घर बनाउन आर्थिक सहयोग गरेका आधारमा नेता बनाउने हो भने यो संगठनको हालत के हो ?
जब कि कुनै कमिटीमा नबसी एकै पटक ठूलो पद पाएकाहरूले उक्त पदलाई न्याय गर्न नसकेको हामीले देखेका छौँ । ‘बोकाको मुखमा कुभिन्डो भने झैँ’ त्यस्ता खाले प्रवृत्ति यो महाधिवेशनबाट रोकिनुपर्छ । फलानो हुँदा २-४ पैसाको अभाव हुन्न, स्रोत र साधनको कमी हुन्न भन्नेहरूले इतिहास हेरे हुन्छ । अहिलेसम्म अखिलका अध्यक्ष भएकाहरूको सामान्य जीवनशैली नै थियो । स्रोत र साधनले भरिपूर्ण व्यक्ति अखिलको नेता बनाउने हो भने व्यापारिक घरानाकालाई ल्याएर नेता बनाए भैहाल्यो नि !
स्ववियु निर्वाचनको इतिहासमा अनेरास्ववियु कहिल्यै दोस्रो हुनु परेको थिएन, तर यस पटकको निर्वाचनमा (२०८१) सानदार दोस्रो स्थान हासिल गर्यो । आजसम्म कुनै बैठकमा पनि स्ववियु निर्वाचनको समीक्षा हुन नसक्नु बहुत दुःखद पक्ष हो । कुनै क्याम्पसमा २० महिनासम्म सो क्याम्पस कमिटीको बैठक हुन नसक्नु अहिलेको नेतृत्वको चरम लाचारीपन हो । २० महिनासम्म बैठक नबस्दासमेत नेतृत्व मौन बस्नुको अर्थ त्यहाँ केही न केही गडबड पक्कै थियो । अझ संगठनका इञ्चार्ज र केन्द्रीय अध्यक्षसँगै हुँदा, टेबल फुट्ने गरी हान्ने र अपशब्द बोल्ने कार्यकर्तालाई कारबाहीको सट्टा उसलाई नै पुरस्कृत गर्दा अराजकताले सीमा नाघेको छ ।
अब आउने नयाँ नेतृत्वले त्यस्ता खाले विकृति र विसंगतिलाई हटाउँदै, दण्ड र पुरस्कारको व्यवस्था गर्दै, मौलाउँदो सांगठनिक अराजकतालाई निरुत्साहित गर्दै, विशुद्ध शैक्षिक मुद्दामा ध्यान केन्द्रित गरोस् । शुभकामना !

Leave a Reply