काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको ‘जन्ते बाख्रो’ को निर्माण टीम कलाकारसहित हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको छ ।
चलचित्रमा अभिनेताद्वय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका छ । दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको निर्माण टीमले जनाएको छ । कलाकारसँग सेल्फी खिच्नेको तछाड मछाड नै चलेको थियो ।
कलाकारको अभिनयसँगै सिमोस सुनुवारको निर्देशकीय पाटोको पनि तारिम गरेका छन् । मौलिक तथा पुरानो संस्कृतिलाई पूर्ण मनोरञ्जनात्मक बनाइएकोमा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
‘हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । वर्ड अफ माउथ ले हाम्रो सिनेमाको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं,’ निर्माता गौतमले भने ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय छ ।
‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् ।

Leave a Reply