तीन सहसचिवको सरुवा, शिक्षा सेवाका अधिकारी शिक्षा मन्त्रालयमा

काठमाडौं । सरकारले तीन सहसचिवको सरुवा गरेको छ । जेठ १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवातर्फका २ जना र शिक्षा सेवातर्फका एक जना गरेर ३ जना सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

सरुवा सूचीअनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राम पराजुली र शंकर बुढाथोकी शहरी विकास मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । उनीहरु दुबै नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहतर्फ जनरल उपसमूहका कर्मचारी हुन् ।

यस्तै प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशमा कार्यरत नेपाल शिक्षक सेवाका सहसचिव रुद्रप्रसाद अधिकारीको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *