राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलन कार्यक्रम घोषणा भएन (भिडिओ)

काठमाडौं । आन्दोलनको नयाँ कार्यक्रम बनाउन आज डाकिएको राजावादी भेलामा होहल्ला भएको छ । राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन् ।

भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे ।

अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुबेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखे । कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो ।

भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएकोप्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए ।

Comments

2 responses to “राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलन कार्यक्रम घोषणा भएन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सुवेदीलाई हिरो बनाउन लिङ्देन किन आउँछ ?

  2. Laxman Thapa Avatar
    Laxman Thapa

    माईलादाईको लगानि ,बागमतीको बालुवामा खरानी। त्यसै हो पूर्ब पंचको मास मुभिंग गर्ने ल्याकतै वा संगठनै छैन। यीनीहरूको नेता भनेको राजा नै थिए,राजाले स्वाहा भने स्वाहा वाहा भने वाहा। जानेकै भनेको आदेशको पालनकर्ता। अनि राजा भएनन् त प्राण भन्दा प्यारो?त्यस माथि नबराज बाजे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *