सस्तो दरको अमेरिकी डलर दिने भन्दै ३० लाख झ्वाम्, सिन्धुपाल्चोकका तारा पक्राउ

काठमाडौं । सस्तो दरको अमेरिकी डलर मिलाइदिने लोभ देखाइ विभिन् व्यक्तिबाट रकम ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङलाई भक्तपुरको चाँगुनारायण दुवाकोटबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट- ३ ढोडेनीका विभिन्न व्यक्तिलाई फोन गरेर आफूहरूसँग सस्तो दरमा अमेरिकन डलर भएको बताएर ३० लाख नेपाली रकम लिएका थिए ।

डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई ताराले नेपाली पैसा ठगेको आचार्यले बताए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *