काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी राजतन्त्रको पक्षमा उभिन सक्ने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले विगतमा राजाबाट धोखा भएकाले फेरि स्वीकार्न सक्ने आधार नभएको बताए।
उनले भने, ‘हिजो हामीले हामीले संवैधानिक राजा मानेको, हिजो पटक पटक धोका दिएकाले फेरि धोका खाने पक्षमा कांग्रेस छैन। भोलि फेरि धोका हुँदैन भन्ने आधार छैन। राजतन्त्र फर्काउने पक्षमा कांग्रेस छैन। धर्म संस्कृति संरक्षण गर्ने कुरा संविधानमा पनि लेखिएको छ। यस विषयमा भोलिको दिनमा थप छलफल होला।’
उनले बोल्न र प्रदर्शन गर्नको लागि छुट दिएको भन्दै राजावादीहरूले विगतलाई हेर्न सुझाव दिँदै प्रदर्शन गर्न कुनै अवरोध नगरेको बताए। उनले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित भएको बैठकले ठहर गरेको सुनाए।

Leave a Reply