‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ ।

फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।’

ओलीले ‘म झोले हो’ लेखिएको पोस्टर पनि सार्वजनिक गरेका छन् ।

पोस्टरमा लेखिएको छ- एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनावताका उनले केही नगर्ने, परिवार नै नभएको आरोपपछि भाजपाका नेता कार्यकर्ता उत्तेजित भएका थिए । मोदीको परिवार भनेकै सबै भाजपा नेता-कार्यकर्ता र सम्पूर्ण भारतीय जनता भन्दै भाजपा नेताहरूले चुनावी प्रतिबद्धताकै रूपमा प्रयोग गरे ।

सन् २०१९ को चुनावमा पनि मोदीलाई चौकिदार भन्दै विपक्षीले टिप्पणी गरे । भाजपाले ‘मै भी चौकीदार’ अभियान चलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *