काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।
यसको प्रभाव देशभरि नै परेको छ । सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई मर्का परेको छ ।
दैनिक कामकाजका लागि सार्वजनिक यातायात प्रयोग गर्ने र यात्रामा रहेका सर्वसाधारण समस्यामा छन् । निजी सवारी भने निर्वाध रुपमा चलिरहेका छन् ।
‘राइड सेयरिङ’को विरोधमा उनीहरुले यातायात बन्द गरेका हुन् ।


Leave a Reply