काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले काठमाडाैंका तीन क्षेत्रबाहेकलाई निषेधित क्षेत्र घाेषणा गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेकका स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।
*यसअघि भूलवश तीन स्थानमा निषेधित क्षेत्र भएकाेमा क्षमापार्थी छाैं । -सम्पादक


Leave a Reply