झारफुककाे बाहनामा यौनजन्य क्रियाकलाप गर्न लगाउने व्यक्ति पक्राउ

चितवन । झारफुक गर्ने बाहनामा एक पुरुषले बालिका र एक महिलालाई यौनजन्य क्रियाकलापमा जबरजस्ती सहभागी गराएको घटना सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ९ घर भएका ५६ वर्षका वसन्त ढुङ्गानाले झारफुक गर्ने बाहनामा जेठ ४ गते वीर मसान लागेको भनी बालिकालाई यौनजन्य क्रियाकलापमा सहभागी हुन भनेका थिए ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार ढङ्गानाले रत्ननगर ९ मा रहेको हेराउने कार्यालयमा १७ वर्षकी किशोरीलाई एक्लै कोठामा राखेका थिए ।

साथै गएकी आमालाई बाहिर राखी शरीरको माथिल्लो भागको वस्त्र खोल्न लगाएर संवेदनशील अङ्ग चलाएको जाहेरीमा जनाइएको छ, डिएसपी खनालले भने, – विदेश जाने तयारीमा रहेकी किशोरीलाई आफूसँग यौन सम्पर्क नगरी विदेश गएमा पागल हुने भनेर चेतावनी समेत दिएको खुल्न आएको छ ।’

ढुङ्गानाले रत्ननगर बोलाएर मात्रै नभएको किशोरीको घर भएको स्थान भरतपुर नै आएर उनकी सानीमालाई समेत यौनजन्य दुर्व्ययवहार गरेपछि घटना सार्वजनिक भएको हो । बालिकाकी २९ वर्षकी सानीमालाई जेठ ११ गते भरतपुरस्थित बालिकाको घर नै आएर झाारफुुक गर्छु भनेका थिए ।
आफ्नो श्रीमानसँगको सम्बन्ध सुधार गर्न भनेर झारफुकको लागि तयार भएकी महिलालाई हेराउने क्रममा तिमीलाई टुनामुना गरेको छ भनि घरको कोठामा लगेर गंगाजल छर्केको जस्तो गरेका थिए ।

त्यस पछि ढोका थुनेर केही मन्त्र वाचन गर्दै फकाएर आफ्नो प्रभावमा पारि माथिल्लो भागको कपडा खोल्न लगाएको अवस्थामा बालिकाकी आमाले थाहा पाएकी जाहेरीमा जनाइएको छ ।

उनले शंका लागेर ढोका ढकढक गरेपछि ढुङ्गानाले महिलालाई छोडेको इलाका प्रहरी कार्यालय टाँडीमा दिइएको जाहेरीमा उल्लेख छ ।

सो घटनाबारे बुधबार सामाजिक सञ्जाल टिकटकमा एक व्यक्तिले भिडियो पोष्ट गरेका थिए । सोही आधारमा चितवन प्रहरीले बुधबार बेलुका ढ्ङ्गानालाई नियन्त्रणमा लिइएको डिएसपी खनालले जानकारी दिए ।

आज प्रहरीमा बालिकाकी आमा र सानीमाले घटना विवरण खुलाएर जाहेरी दिएका छन् । आज बिदा परेकोले भोलि जिल्ला अदालत चितवनबाट म्याद थप गरेर अनुसन्धान थप अघि बढाउने डिएसपी खनालले नेपाल प्रेसलाई जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *