काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितो पत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने भएको छ’, बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने भएको छ ।’
धितो पत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सो पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने भएको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिने भएको छ ।
सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार शुरु गरिने भएको छ । गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइने भएको छ ।

Leave a Reply