युवा संघ अध्यक्ष जितेपछि क्षितिज थेबेको लक्ष्यः ३ लाख उद्यमी, ३० लाख रोजगार

पोखरा ।  नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अबको ३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् ।

निर्वाचित भएपछि पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थेबेले युवाहरुलाई कसरी फ्रस्टेसनबाट बाहिर ल्याउन सकिन्छ भन्ने विषयमा बन्द शत्रमा छलफल भएको बताएका हुन् ।

‘आज देशमा सबैभन्दा धेरै युवाहरु फ्रस्टेसनको सिकार भएका छन् । नकारात्मकताको सिकार भएका छन् । यी कुरालाई कसरी सम्बोधन गरेर अगाडि बढ्ने रु कसरी मेन्टल डिप्रेसनबाट बाहिर ल्याउने भनेर विभिन्न कोणबाट छलफल गर्‍यौं । बन्द शत्रमा आवाज उठायौं,’ उनले भने ।
उनले थपे, ‘३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख रोजगार निर्माण जसरी पनि गर्ने संकल्प पारित गरेको छ ।’

यो महाधिवेशनले २० वर्षे गन्तब्य कार्यक्रम ल्याएको अध्यक्ष थेबेले बताए । ‘अबको २० वर्षपछि युवाको सोच्ने तरिका के हुन्छ? त्यो अवस्थामा पुराउनका लागि युवाहरुलाई कस्तो कस्तो वातावरण क्रेट गरेर अगाडि बढ्नुपर्छ । कस्ता कस्ता पोलिसी निर्माण गर्नुपर्छ यी विषयहरु राखेका छौं,’ उनले भने ।

राजनीति जवाफदेहीका साथ अगाडि बढ्नुपर्ने उनले उद्योष गरे । उनले भने, ‘यसलाई हामीले भनेका छौं । वर्तमान राजनीतिमा युवाहरु पुनर्जागरणका साथ अगाडि बढ्नुपर्छ । र राजनीति जवाफदेहीका साथ अगाडि बढ्नुपर्छ । सही निकास यसले मात्र निकाल्स सक्छ ।’

पोखरा सभागृहमा भएका मंगलबार सकिएको युवा संघको महाधिवेशनमा सुमन पुरीलाई १८८ मतले हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।

Comments

One response to “युवा संघ अध्यक्ष जितेपछि क्षितिज थेबेको लक्ष्यः ३ लाख उद्यमी, ३० लाख रोजगार”

  1. manoj Avatar
    manoj

    guffai guff ma bitney vayo nepal ko future.

Leave a Reply

Your email address will not be published. Required fields are marked *