काठमाडौं । भोलिको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले विभिन्न नेताको सुरक्षार्थ खटाइएका निजी सुरक्षा अधिकृत (पीएसओ) लाई हेडक्वार्टर झिकाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार उनीहरू नियमित ब्रिफिङका लागि झिकाइएका हुन् । नेपाल प्रहरीको कार्य विभागअन्तर्गत रहने सुरक्षा सेवा निर्देशनालय (सुसेनी) ले बुधबार बिहानै विभिन्न नेताका पीएसओलाई तुरुन्त उपस्थित हुने आदेश गरेको थियो । एसएसपी श्यामकुमार महत्तोको नेतृत्वमा रहेको उक्त निर्देशनालयले विशेषतः राप्रपा नेताका पीएसओ बोलाएको छ ।
प्रहरीस्रोतका अनुसार नेताहरूको गतिविधि, सम्पर्क र योजनाको निगरानीका निम्ति उनीहरूलाई महत्वपूर्ण निर्देशन दिइँदैछ ।
झिकाइएका पीएसओमध्ये केही अन्य दलका नेता र मन्त्रीका पनि छन् ।

Leave a Reply