‘ओलीले उच्चशिक्षा सुधारको प्रतिवेदन लुकाए, शिक्षकसँगको सहमति कार्यान्वयनमा रूचि देखाएनन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाएका छन् ।

भिमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारले शिक्षा विधेयक पारित गर्ने शिक्षकहरूसँग सहमति गरेको भएपनि त्यतातर्फ रुचि नदेखाएको जिकिर गरे ।

उनले अगाडि भने, ‘हामीले धेरै मेहनत गरेर विद्यालय शिक्षा ऐन मेलै नै शिक्षकहरूसँग सम्झौता गरेर उनीहरूको भावनालाई कदर गर्दै र शिक्षा क्षेत्रको समस्या समाधान गर्ने उद्देश्यले दुई वटा काम गरेँ, उच्च शिक्षामा देखिएको अराजकताको कारणले हाम्रा धेरै युवाहरू विदेश जाने, खर्बौँ पैसा विदेश जाने गरेको छ, यसलाई रोक्ने हाम्रो नेतृत्वमा शिक्षा मन्त्रालय भएको बेलामा उच्चशिक्षा सुधार आयोग गठन गरियो ।’

आयोगको प्रतिवेदन बुझाउँदै आफू नेतृत्वको सरकार ढलिसकेको स्मरण गर्दै उनले थपे, ‘त्यो प्रतिवेदन आइपुग्दा सरकारमा भएनौं । त्यसपछि ओलीजी प्रधानमन्त्री बन्नुभयो । त्यो उहाँले लुकाइदिनुभयो । अहिले म प्रधानमन्त्री भएपछि खोज्दा पाइँदै पाइएन । एउटा कपी भेटेर शिक्षामन्त्रीलाई दिएको थिए त्यो विषयले उहाँहरूबीच नै झगडा गरायो ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *