अर्थतन्त्र चलायमान र लगानीलाई सहज बनाउने बजेट ल्याउन निजी क्षेत्रको सुझाव (भिडिओ)

काठमाडौं । अर्थतन्त्र चलायमानका साथै लगानीका लागि सहज वातावरण बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रले सुझाव दिएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरुका सम्बन्धमा भएको छलफलमा उनीहरुले नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तनका साथै लगानी गर्ने वातावरण बनाउने गरि बजेट ल्याउन सुझाव दिएका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्नेमा जोड दिए । उनले नीतिगत स्थिरतासहितको लगानी मैत्री वातावरण बनाउनुपर्ने धारणा राखे ।

उद्योगी व्यवसायीले सम्मानका साथ उद्योग व्यापार गर्ने गरि सरकारले आवश्यक नीति ल्याउनुपर्ने उनले बताए । उनले लगानी हुन नसक्दा निजि क्षेत्रको मनोवल घट्न जाने भएकाले आगामी दशकलाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अन्य व्यवसायीहरुले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले तीन करोडमुनिका आयोजनाहरुलाई बजेटमा समेट्न नसकिने बताए ।

उनले आयोजनाका डिपिआर सरकारले नै गरे त्यसको प्रभावकारीता बढ्नले भएकाले यसमा आयोगको जोड रहेको उल्लेख गरे ।

बैठकमा सांसदहरुले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्नुपर्ने र त्यसलाई पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *