कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उनले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गरे ।

कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने उनले बताए ।

सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गरे । समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उनले बताए ।

उनले समितिले पारित गरको विधेयकलाई असंवैधनिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गरे ।

 

Comments

2 responses to “कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    कुलिङ्ग पिरिएड आवश्यक छ

  2. ksp pyl Avatar
    ksp pyl

    लाज नभएका सचिवहरू लर्को लागेर ढोका ढोका चाहारेको देख्दा पो कन्सिरीका रौं ठडिएका त । खाईरहेको स्वाद छ यिनलाई । अनि खुरूक्क विधेयक सदनमा नपठाएर सभापतिचाहि अझै केही झर्छ कि भनेर कुरेर बसेको देख्दा झन् रिस उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *