राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँग समेत अन्तरक्रिया गर्दै

काठमाडौं । नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पार्दै लगेको छ । आन्दोलनलाई बढीभन्दा बढी जनसहभागितालाई मध्यनजर गरिने उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने भएको छ । काठमाडौंको साँखुबाट सुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ ।

‘कार्यक्रम तय गर्न एक कार्यदल बनाईएको थियो, कार्यदलले बिस्तृत कार्यक्रम बैठकमा पेश गरेको छ’, स्रोतले भन्यो । कार्यक्रम प्रभाबकारी रुपमा कार्यान्वयन गर्न आज एक भेलासमेत आयोजना गरिएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बीपी), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यसैगरी जनआन्दोलनको आबश्यकता, औचित्य र महत्त्वको बारेमा जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्ध वर्गसँग अन्तरक्रिया कार्यक्रम तय गरि तयारी भैरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘शीर्ष नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुन्छ’, उनले भने ।

 

 

Comments

3 responses to “राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँग समेत अन्तरक्रिया गर्दै”

  1. ksp pyl Avatar
    ksp pyl

    दासहरू ।

    1. Mania Thompson Avatar
      Mania Thompson

      @Ksp Pyl तँ चाहिँ खड्गे ज्यानमाराको चप्पल, लँगौटी होस।रछ्यान्को किरा होस तं

  2. Mania Thompson Avatar
    Mania Thompson

    @Ksp Pyl तँ चाहिँ खड्गे ज्यानमाराको चप्पल, लँगौटी होस।रछ्यान्को किरा होस तं

Leave a Reply

Your email address will not be published. Required fields are marked *