काठमाडौं । नेपाल प्रहरीका एक सहायक हवल्दारलाई ट्राफिकका इन्स्पेक्टरले थप्पड हानेका छन् ।
सहायक हवल्दार कुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन थालेको छ ।
काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय स्रोतका अनुसार उक्त घटना नागढुंगाको आज बिहान साढे ८ बजेतिर भएको हो ।
‘नाकामा चेकजाँचको क्रममा भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट हवल्दारले राखेछन् र इन्स्पेक्टरले समात्न खोज्दा तर्किन खोजेपछि इन्स्पेक्टरले १/२ झापट हानेका रछन्’, एक अधिकारीको दाबी छ ।
अहिले ती इन्स्पेक्टर र घटना विवरणबारे काठमाडौं जिल्ला परिसरले छानबिन थालेर कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

Leave a Reply