पत्रकार महतको निधन

काठमाडौं । पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ ।

 

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष हुन् । महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।

 

ट्युमरबाट पीडित महतले लामो समयदेखि सो रोगको उपचार गराउँदै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *