नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

रुपन्देही । पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक खण्डको मध्यबिन्दु न.पा. वडा नं. ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भासिदा जोखिम भएकोले पुलबाट आवतजावातमा रोकिदा अवरुद्ध सडक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका नवलपुरका अनुसार मल्टी एक्सल टेलरहरू बाहेकका सवारीहरू पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट हाल (पानी नभएको) खोला तरेर रानिटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कनुपर्ने छ ।

त्यसैगरी पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिण लागि रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *