पूर्वराजालाई नजरबन्द : प्रहरी प्रवक्ता भन्छन्- ‘हावादारी’ कुरा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह वा उनीपक्षका कोही पनि व्यक्तिलाई नजरबन्दमा राख्ने कुनै तयारी नभएको केन्द्रीय प्रहरी प्रवक्ताले बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले भने, ‘यी सबै हावादारी कुरा हुन्, कसैलाई नजरबन्द गर्ने कुरा छैन ।’

आज अपराह्नबाट पूर्वराजा ज्ञानेन्द्र शाह नजरबन्दमा राखिने हल्ला व्यापक भएको थियोे । प्रहरी प्रवक्ता थापाका अनुसार प्रहरीले सबैको गतिविधिलाई सूक्ष्म रुपमा निगरानी गर्ने कुरा सामान्य हो, तर कोही कसैलाई नियन्त्रणमा लिनेजस्ता कुराको कुनै योजन वा नीति बनेको छैन ।

‘विशिष्ट व्यक्तिहरुको सुरक्षा र उहाँहरूको गतिविधिबारे हामी नियमित जानकारीमा हुन्छौं, तर पूर्वराजाबारे चलेको हल्ला सत्य होइन’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *