दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा पार्टी खाएर ढुन्मुनिने संस्कारबाट आएका छौँ: गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दिउँसो जनवादी बिहे, राती महँगो रेस्टुरेन्टमा पाटी खाएर ढुन्मुनिने संस्कारबाट आएको भन्दै कटाक्ष गरे।

गत शुक्रवार प्रचण्ड लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएको प्रसङ्गलाई लक्षित गरेर बास्कोटाले यस्तो टिप्पणी गरे।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

हामी दलीय व्यवस्थामा छौँ। सबैका बाध्यता हुन्छन्। र हाम्रा अभ्यासहरू पनि छन्। म हुँदा चाहिँ के हुन्थ्यो तेस्रो आँखा खोलेर हेर्थे भन्ने कुरा चाहिँ सत्तामा नहुँदा भन्ने कुरा हो। हुँदा तेस्रो आँखा खुल्दैन। सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ।

यस्तो अभ्यास छ कि दिउँसो जनवादी बिहे, बेलुका गएर सबैभन्दा महँगो रेस्टुरेन्टमा गएर पाटी खाएर ढुन्मुनिने पर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरू फरक हुन्छन्।

यसमा कुनै अभियोग लगाएको होइन, यो हाम्रो अभ्यास हो। सरकारमा नभएको कुनचाहिँ पार्टी छरु यो संसदमा भएकोरु आफ्नो पालामा केके चमत्कार गर्‍योरु नीति कार्यक्रममा सबै कुरा खारेज गरेको छ र ? केही कुरा नयाँ ल्याउन खोजेको देखिन्छ चुनौतीसहित।

यहाँ तीनवटा धार छ, एउटा सत्तापक्ष, अर्को प्रतिपक्ष र अर्को व्यवस्थाकै विपक्षमा उभिएर हिँडेको शक्ति जस्तो लाग्छ उहाँहरू हिँड्नुभएको छ।

सांसद बास्कोटाले केही मन्त्रीहरुको तरिका ठिक नभएको भन्दै योजना र बजेट तर्जुमा गर्दा जिल्ला र क्षेत्र नभई देश हर्न सुझाव दिए । उनले मन्त्रीहरुलाई फोन गर्दा नउठाउने,भेट्न जाँदा नभेटिने भएको भन्दै टुकी बालेर मन्त्री खोज्नुपर्ने अवस्था आएको बताए ।

बास्कोटाले मन्त्रीको कुर्सीबाट बाहिरिएपछि सांसदकै लहरमा बस्नुपर्छ भन्ने नबिर्सन चेतावनी समेत दिए ।

Comments

One response to “दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा पार्टी खाएर ढुन्मुनिने संस्कारबाट आएका छौँ: गोकुल बास्कोटा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि टिप्पणी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *