राष्ट्रिय युवासंघको १० औं महाधिवेशनमा यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले युवाहरुमा बढ्‌दो निराशा र विदेश पलायनलाई रोक्नुपर्ने र उद्यमशीलता, रोजगारी र स्वरोजगारीको सुनिश्चिता गर्नुपर्ने अवस्थामा संघको दशौं महाधिवेशनले दिशा निर्देश गर्ने जनाएको छ ।

१० औँ महाधिवेशनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जारी गरेको सन्देशमा बढ्दै गएको निरासा चिर्नेखालका एजेण्डा बाहिर ल्याउने जिम्मेवारी संघको काँधमा आएको जनाइएको छ ।

प्रविधिको विकासले ल्याएको परिवर्तनले नेपाली समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा फेरबदल ल्याइरहेको, राजनीतिक अस्थिरताले देशमा दीगो विकास लक्ष्यलाई प्रवक्ष प्रभाव पारिराखेको, समृद्धिको यात्रामा ठेस लागिरहेको, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अझ झरिलो बलियो बनाउनुपर्ने अवस्था आएकोले महाधिवेशनमा त्यसलाई ध्यान दिइने उल्लेख छ ।

त्यसैगरी जानसांख्यिक लाभांशलाई प्रयोग गर्ने हो भने नेपालले सजिलै उच्च आर्थिक वृद्धिदरलाई हासिल गर्न सक्ने तर, यो अबस्था कतै खेर जाने त होइन भन्ने आशंका बढिरहेकोले युवाहरुको सर्वाष्ट्रिण विकासमा सम्पूर्ण राज्य संरचना परिचालित र युवा आन्दोलन निर्देशित हुनु पर्ने एजेण्डा महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रुपमा स्थापित गरिने जनाइएको छ ।

संघले जानसांख्यिक लाभांश लिने हो भने युवाहरुलाई बल र उद्यमशील बनाउनु पर्ने, युवाहरूले मागे अनुसारको सीप र दक्षता प्रदान गर्नु हरेक राज्यको प्रमुख कर्तव्यमध्ये एक बनाइनुपर्ने, समाजवादी अर्थतन्त्रको पारम्भिक विकासको चरणमा कुनै पनि काम गर्ने उमेर समूहको व्यक्तिलाई उसको योग्यता अनुसारको काम र आवश्यकता अनुसारको पारिश्रमिकको ग्यारेन्टी र श्रम उमेरको युवा छ तर योग्यता छैन भने त्यसलाई श्रमवजारको माग र उसको बोधजन्य क्षमताका आधारमा सीप, तालिम तथा सचेतनता दिएर उसलाई योग्य नागरिक बनाउने जिम्मेवारीलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ ।

अधिवेशनका लागि २ हजार प्रतिनिधि बनाउने भएको संघले छ ।

जेठ ९, १० र ११ गते पोखरामा गर्ने १० औं महाधिवेशनमा २ हजार प्रतिनिधि रहने प्रवक्ता केसी जानकारी दिएका छन् । युवासंघले महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति र उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेकोे मूल व्यवस्थापन समिति ५ सय ५५ सदस्यीय बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *