प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने सरकारी अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने सरकारी अनुमान रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो अनुमान गरिएको हो ।

‘चालु आर्थिक वर्ष २०८१र८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ यू।यस। डलर हुने प्रारम्भिक अनुमान गरिएको छ’, राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपणमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४६७ यूयस डलर रहने संशोधित अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४१० यू.यस. डलर थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *